अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

पुस्तान्तरित मझबुत सरकारलाई कस्तो स्वागत गर्ला पूजीबजार ?

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र १२, २०८२
in अर्थतन्त्र, पढ्नै पर्ने, बैंक तथा वित्त
पुस्तान्तरित मझबुत सरकारलाई कस्तो स्वागत गर्ला पूजीबजार ?

काठमान्डौ, चैत्र १२ः पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले सामान्य करेक्सनसहित लगातार उकालो लागेको छ । फागुन २१ गते सम्पन्न निर्वाचन भन्दा अगाडि दुई हजार ७१२ अंकमा रहेको नेप्से सूचक निर्वाचन पश्चात २३८ अंकले बढेर आज बिहिबार बजार बन्द हुँदा दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको छ । यसले लगानीकर्तामा उत्साह थपेको छ भने बजारप्रति नयाँ चासो पनि बढाएको छ ।

विगतको निर्वाचन पछाडिको समयमा पनि नेप्से सूचकमा सकारात्मक प्रभाव पर्ने गरेको भएता पनि यसपालिको चुनाव र खासमा चुनावको परिणामको प्रतिक्रियास्वरुप नेप्से सूचक अझ माथी जाने आंकलन गरिएको छ ।

निर्वाचनको नतिजाले पुस्तान्तरणसहितको नयाँ दललाई बलियो सरकार गठन गर्नसक्ने गरि दिएको जनादेशले अर्थतन्त्रको अन्य क्षेत्रसँगै पूजीबजरमा पनि नयाँ आशावादीता देखा परेको छ । जसले गर्दा नेप्सेमा टेक्निकल विश्लेषण व्याख्या गर्ननसक्ने स्तरको प्रभाव पर्नसक्ने देखिन्छ ।भोली शुक्रबार बालेन्द्र शाहले नयाँ प्रधानमन्त्रिका रुपमा सफ ग्रहण गर्ने कार्यक्रम रहेको छ । तर यसको प्रतिक्रिया पूजी बजारले कसरी देला भन्ने हेर्न चाँही आइतबारसम्म कुर्नु पर्ने छ । सरकार गठनपछि पनि नेप्सेमा देखिएकोे बुलिस प्रवृति जारी रहन्छ ? वा अब नेप्सेमा बियरिस प्रवृति शुरु हुन्छ ? जस्ता प्रश्नहरुमा आम लगानीकर्ताको चासो रहेको पाइन्छ । के नेप्से सूचक छिट्टै तीन हजार बिन्दु पार गरेर माथी जान्छ त ? यसकालागी यहाँ केही तथ्यहरुको विश्लेषण गरिएको छ ।

नेप्सेमा देखिएको पछिल्लो बृद्धिका पछाडि विभिन्न आर्थिक तथा मनोवैज्ञानिक कारणहरू रहेका छन् ।
१. व्याज दरमा कमि र तरलता सुधार
जसमध्ये बैंक तथा वित्तीय संस्थाले प्रणालीमा प्रशस्त तरलताको भएसँगै निक्षेप तथा कर्जाको ब्याजदर घटाउँदै लग्नुलाई एक प्रमुख कारण मान्न सकिन्छ । कम ब्याजदर र सहजै कर्जाको प्राप्तीले लगानीकर्ताहरु सेयर बजारमा आकर्षित भएका छन् ।
२. निर्वाचनको प्रभाव
भर्खरै सम्पन्न निर्वाचनमा खर्च गरिएको वैध अवैध धनरशी साना तथा मध्यम र नयाँ लगानीकर्तामार्फत पूँजी बजारमा प्रवेश हुँदा माग वृद्धि हुनगई नेप्से सूचकमा सकारात्मक प्रभाव परेको देखिन्छ । पहिले पहिलेका निर्वाचन पश्चात पनि नेप्से सूचकमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
३. लगानीकर्ताको मनोबल वृद्धि
अहिलेको बजारमा देखिएको सकारात्मक प्रभाव पछाडीको अर्को महत्वपूर्ण प्रभाव भनेको लगानीकर्ताको मनोबलमा आएको वृद्धि हो । खासगरी निर्वाचनको परिणामले राजनीतिक स्थिरता र एक बलियो तथा जुजारु सरकार गठनहुने सुनिश्चितता भएसँगै पुजीबजार र समग्र अर्थतन्त्रमै आशावादीतको सञ्चार भएसँगै यसले लगानीकर्ताको मनोबल बढाएको देखिन्छ । बढ्दो आशावदीता सञ्चार भएसँगै बजार नयाँ लगानीकर्ताहरू पनि प्रवेश गर्न थालेका छन् ।
४. नीतिगत सुधारको अपेक्षा
निर्वान पछि आउने नयाँ सरकार र नेपाल राष्ट्र बैंक बाट आउने सम्भावित नीतिगत सहजताले पनि बजार वृद्धिका लागि सकारात्मक संकेत दिएको छ ।

दिगो हुन्छ त नेप्सेको वृद्धि ?
आजको दिनमा नेप्से मनोबैज्ञानिक अवरोधको बिन्दु मानिने बिन्दु तीन हजारको बिन्दु भन्दा अलि तलबाट करेक्सन भएको छ । यसबाट नेप्सेमा ठूलै करेक्सन भएर अझ तल झर्ने हो कि भन्ने शंका उत्पन्न भएको छ । तर वर्तमान तथ्य र तथ्याङ्क हेर्दा नेप्सेको वृद्धि दिगो हुने केही महत्वपूण संकेतहरु देखा परेका छन् ।
क) बीचमा देखिएको करेक्सनः
अहिले नेप्सेमा वृद्धि हुँदा बजारमा बीच–बीचमा देखिएका साना गिरावट लाई प्राविधिक रूपमा स्वस्थ मानिन्छ। यस्तो करेक्सनले बजारलाई अत्यधिक उतारचढाव हुनबाट जोगाउँछ र दीर्घकालीन स्थायित्व दिन सहयोग गर्छ।
ख) बैंकिङ्ग क्षेत्रको विद्धिः
लामो समय देखि उल्लेख्य रुपमा वृद्धि हुन नसकेको वैंकिङ्ग सूचकमा पछिल्लो समयमा देखिएको वृद्धिले सकारात्मक संकेत गरेको छ । खासगरी सेयरबजारमा बैकिङ्ग क्षेत्रले ओगटेको कूल बजारको हिस्सा र विगतको अनुभवले पनि बैंकिङ्ग क्षेत्रले नेतृत्व गर्दा नेप्से धेरै माथी जानसक्ने र दिगो हुने देखिन्छ ।
ग) उच्च कारोबार रकमः
नेप्सेमा दिगो वृद्धि आउनसक्ने संकेत गर्ने अर्को तथ्य चाँही उच्च कारोबार रकम पनि हो । बजारमा करेक्सन आउँदा पनि बजारमा कारोबार उच्च रहनुले लगानीकर्ताको उच्च मनोबल कायम रहेको संकेत गर्छ जसले बजार अझ माथी जान सक्ने संभावना रहेको जनाउँछ ।
घ) स्थिर व्याजदर र तरलता
अर्थतन्त्र देखिएको आशावादीता र बैंक तथा वित्तिय क्षेत्रमा रहेको प्रशस्त तरलताको कारण व्याजदरमा तत्कालै कमि आउने संभावना देखिदैन् । यस परिप्रेक्ष्यमा नेप्सेमा थप वृद्धि हुने संभावना रहन्छ ।

के नेप्सेमा तक्कालै पहिरो जान सक्छ ?
वर्तमानमा देखिएका तथ्यले नेप्सेमा तत्कालै ठूलो गिरावट आउने संभावना देखिँदैन तर अचानक ब्याजदर वृद्धि भएमा, संबन्धित निकायबाट नीतिगत कडाइ भएमा वा अत्यधिक स्पेकुलेटिभ कारोबार भएको खण्डमा भने बजारमा ठूलै करेक्सन आउन सक्छ ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

9 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions