काठमाडौँ । मध्यपूर्वको द्वन्द्व अझ धेरै लम्बिने अनुमानसँगै अर्थशास्त्रीहरुले विश्व अर्थतन्त्र गम्भिर मन्दीमा धकेलिने प्रक्षेपण गरेका छन् । अक्सफोर्ड इकोनोमिक्सका अर्थशास्त्रीहरुले गरेको आधारभूत आर्थिक पूर्वानुमानले मध्य पूर्वमा ऊर्जा उत्पादन र स्ट्रेट अफ होर्मुज मार्फत ढुवानीको अवरोध निरन्तर रहने र यसले विश्व अर्थतत्त्र एक दुर्लभ मन्दीमा जाने देखिएको छ ।
मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा बजारमा ठूलो हलचल ल्याइसकेको अवस्थामा ग्लोबल इकोनोमिक मोडल प्रयोग गरेर अर्थशास्त्रीहरुले गरेको विश्लेषणबाट गम्भीर परिणामहरू आउने देखिएको छ् ।
तेल आपूर्तिमा अभूतपूर्व आँधी
अर्थशास्त्रीहरुल अमेरिका/इजरायल र इरानबीचको गतिरोधको प्रभावबाट होर्मुजको जलडमरू ६ महिनासम्म पूर्णरुपमा बन्द हुने र साउदी अरब र युएई हुँदै जाने वैकल्पिक पाइपलाइन मार्गहरूमा इरानी आक्रमण र लाल सागरमा हुथी आक्रमणको पुनरुत्थानले तेलको आपूर्तिको अवस्था झनै खराब हुने आंकलन गरेका छन् ।
यसले गर्दा विश्वव्यापी तेल आपूर्ति प्रति दिन लगभग २० मिलियन ब्यारेलले घटेर वर्षको मध्यमा व्यावसायिक मौज्दात आधामा झर्ने र अर्को तीन महिना भित्र गम्भीर रूपमा कम स्तरमा पुग्ने प्रक्षेपण गरिएको छ ।
आगामी अगस्टसम्ममा ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल १९० डलर पुगेर २००८ मा रेकर्ड भएको अहिलेसम्मकै उच्च १४७ डलरलाई उछिन्ने अनुमान गरिएको छ । डिजेल, जेट ईन्धन, र ढुवानी ईन्धन जस्ता परिष्कृत उत्पादनहरूमा मूल्यवृद्धिको थप उच्च हुने देखिएको छ ।
युरोपेली र एसियाली प्राकृतिक ग्यासको मूल्यमा ३० डलर प्रति मेटिक्र मिलियन ब्रिटिश थर्मल युनिट (ःःद्यतग० सम्म बढ्न गई यसले बिजुलीको मूल्यहरू बढाउने र जाडोको भण्डारण पुनःपूर्तिलाई जटिल बनाउँने अनुमान गरिएको छ ।
विश्वव्यापी तेल आपूर्तिमा लगभग २० प्रतिशतले कमि आउँदा यसले अभाव र राशनिङको अवस्था सिर्जना भई उच्च मुल्यको असर माग विनाशभन्दा धेरै जटिल हुनसक्ने अनुमान गरिएको छ । विश्वव्यापी तेल खपतको लगभग दुई–तिहाई यातायात क्षेत्रसँग सम्बन्धित छ, र डिजेल व्यावसायिक रसद, कृषि, र उद्योगीक सामग्रीहरुको मेरुदण्ड हो, त्यसैले लम्बिदो अवरोधले अर्थव्यवस्थालाई धेरै च्यानलहरू मार्फत असर गर्ने देखिएको छ ।
दुर्लभ विश्वव्यापी मन्दी
विश्वव्यापी मुद्रास्फीति २०२२ को शिखरको नजिक ७.७ प्रतिशत मा पुग्ने, तर २०२२ को विपरीत, विश्व अर्थतन्त्र मूल्यको झट्काबाट वृद्धि हुँदै जाने र यसले विश्व अर्थतन्त्रलाई े गम्भीर संकुचनमा पुर्याउँने अनुमान गरिएको छ ।
विश्व जीडीपी वर्षको मध्यमा घट्ने र २०२६ को क्यालेन्डर वर्षको लागि वृद्धि दर आधाररेखाभन्दा १.२ प्रतिशत बिन्दुले तल झरेर १.४% मा सिमित रहने छ ो । तर २०२७ मा विश्व आर्थिक वृद्धि सामन्य सुधार आई २.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
अमेरिका र अधिकांश प्रमुख विकसित अर्थतन्त्रहरू मन्दीमा धकेलिने छन् भने चीनको आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने छ । पछिल्लो पटक विश्व अर्थतन्त्र महामारी र विश्वव्यापी वित्तीय संकटको समयमा संकुचित भएको थियो । यी दुई घटनाहरू छोड्दा विश्व अर्थतन्त्र विगत ४० वर्षपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुग्ने आँकलन गरिएको छ ।
कसलाई पर्छ त बढी असर ?
खाडी देशहरू सबैभन्दा गम्भीर रूपमा प्रभावित हुनेछन् र यी मूलुकहरुको जीडीपी ८ प्रतिशतभन्दा बढीले घट्ने छ । खाडीको तेलमा निर्भर विकसित एसियाली अर्थव्यवस्थाहरूले ऊर्जा आयात लागत वृद्धि र आपूर्ति श्रृंखला अवरोधबाट ठूलो धक्का खानेछन् । युरोपले ग्यास र बिजुलीको पीडादायी दबाबको सामना गर्नेछ । घरेलु ऊर्जा उत्पादनका कारण अमेरिकाले केही हदसम्म राम्रो प्रदर्शन गर्ने छ, तर इक्विटी बजारको करिब २० प्रतिशतले कमि आउँदा उपभोक्ता खर्चमा ठूलो असर पर्ने देखिन्छ ।








Discussion about this post