अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न खटियो सतर्कता केन्द्रको टोली

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र २३, २०८२
in अन्य, अर्थराजनीति
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न खटियो सतर्कता केन्द्रको टोली

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले कामठाडौँ उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टर्ले जानकारी दिनुभयो ।

“आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के गर्ने गरी आजैदेखि उपत्यकाबाहिर पनि केन्द्रका टोली खटिएका छन्,” उहाँले भन्नुभयो, “केन्द्रमा प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने काम पनि तीव्र गतिमा भइरहेका छन् ।” पछिल्लो समय दैनिक सेवा प्रवाहसँग जोडेर आएका गुनासा सम्बोधन गर्न केन्द्र सक्रिय र गतिशीलताका साथ लागिरहेको छ ।

नेपाल सरकारले आजदेखि लागू हुनेगरी कार्यालय समय बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म बनाएको छ । “सरकारको निर्णयलाई मध्यनजर गरेर सो अवधिमा समय पालना भए/नभएको, कर्मचारीले तोकिएको कार्यकक्षमा बसेर कार्यसम्पादन गरे/नगरेको, सेवाग्राहीका काम समयमा सम्बोधन भए/नभएकाबारे अनुगमन भइरहेको छ,” केन्द्रका सहसचिव भट्टले भन्नुभयो । कहीँकतै ढिलासुस्ती भए/नभएका बारे केन्द्रले ‘फाइल ट्र्याकिङ’ समेत गरिरहेको छ ।

त्यस क्रममा भ्रष्टाचार र गलत कार्य भएको पाइएमा तत्काल सुधारका लागि निर्देशन दिने र भ्रष्टाचारसम्बन्धी काम भएको भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण र सहजीकरण गर्ने वर्तमान सरकारको गति र उद्देश्यअनुसार आफ्नो सम्पूर्ण साधनस्रोत र जनशक्ति परिचालित गरिएको केन्द्रले जनाएको छ ।

“दैनिक रुपमा उपत्यकामा परिचालन गरेका छौँ । विभिन्न कार्यालय, मन्त्रालय, विभाग, सरकारी–सार्वजनिक निकायहरुमा अनुमगन, छड्के र निगरानी गर्ने, समय पालना भए/नभएको, फाइल अड्केको, सेवा प्रवाहमा कहीँकसैले व्यवधान भोगेको छ कि, त्यसमा सहजीकरण र कारबाहीका लागि फिल्डबाटै लेखेर दिने दैनिक रुपमा चलिरहेको छ”, प्रवक्ता भट्टले भन्नुभयो ।
–रासस

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

10 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

10 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

11 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions