अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

आगामी वर्षको बजेटका लागि नेपाल चेम्बर अफ कमर्सद्धारा दिएका सुझावहरु

अर्थशास्त्री by अर्थशास्त्री
जेष्ठ ३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
आगामी वर्षको बजेटका लागि नेपाल चेम्बर अफ कमर्सद्धारा दिएका सुझावहरु

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बनाउँदै कर राजस्वको वास्तविक श्रोत परिचालन र प्रतिवद्ध वैदेशिक सहायता आधारमा निर्माण गर्न सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा चेम्बरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई १०० बुँदे सुझावपत्र बुझाएको हो ।


चेम्बरले नेपालको समग्र आर्थिक सुधार, उत्पादन, निर्यात, राजस्व संकलन र वित्तीय प्रणालीको मजबुतीका लागि स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको भन्दै बहुआयामिक सुझावहरु दिएको छ ।

प्रमुख सुझावहरूः
१. बजेट यथार्थपरक र कार्यान्वयनमुखी बनाउने
चेम्बरले बजेट निर्माणमा कर राजस्वको यथार्थ श्रोत परिचालन र प्रतिवद्धता प्राप्त वैदेशिक सहायता समावेश गर्नुपर्नेमा जोड दिएको छ। आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नीतिगत स्थायित्व, स्पष्ट कार्ययोजना र पुँजिगत खर्चको समयमै कार्यान्वयनका लागि त्रैमासिक समीक्षासहितको कार्यतालिका बनाउनुपर्ने सुझाव दिएको छ ।

२. स्थानिय श्रोत र उद्योग प्रवद्र्धन
खनिजजन्य रत्न–पत्थर, कृषि, जडीबुटी तथा वनजन्य उद्योगलाई प्रोत्साहन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने चेम्बरको भनाइ छ ।

३. संस्थागत समायोजन
राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याई भन्सार तथा आन्तरिक राजस्व विभागसँग समन्वय गरी परिचालन गर्नुपर्ने भनिएको छ ।

४. सूचना प्रविधिमा लगानी
सूचना प्रविधिको विकास र अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुको बैकअपको रूपमा दक्ष जनशक्ति उत्पादन गर्न बजेटले प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

५. निर्यात अनुदान र वैदेशिक रोजगार वापसी योजना
निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाई सरल एकद्वार प्रणाली मार्फत निकासीकर्तालाई अनुदान उपलब्ध गराउनुपर्ने भनिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किने नेपालीको सीप र दक्षता अभिलेखिकरण गरी स्वदेशी लगानीमा उपयोग गर्ने नीति लिनुपर्ने सुझाव पनि दिइएको छ ।

६. रेमिट्यान्सको उपयोग
रेमिट्यान्स उपभोगभन्दा पूर्वाधार जस्तै ऊर्जा क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने सुझाव छ ।

७. घरेलु साना तथा मझौला उद्योग (क्ःभ्क)
५ देखि १० वर्षसम्म स्थायी ब्याजदरमा ऋण उपलब्ध गराउने नीति ल्याई उद्योगलाई स्थायित्व दिनुपर्ने भनिएको छ ।

८. घरजग्गा र कर सुधार
घर तथा जग्गाको सरकारी मूल्यांकन र बजार मूल्यमा एकरुपता ल्याउन प्राविधिक र निजी क्षेत्रको सहभागितामा समिति गठन गर्नुपर्ने सुझाव छ ।
थैलीको ४ प्रतिशत पास खर्चलाई घटाएर २ प्रतिशत कायम गर्नुपर्ने माग गरिएको छ ।

९. विद्युतीय सवारी साधनमा कर नबढाउने
चेम्बरले वातावरण संरक्षण, स्वरोजगार प्रवद्र्धन र पेट्रोलियम आयात घटाउन विद्युतीय सवारी साधनमा कर नबढाउन आग्रह गरेको छ ।

१०. चालु पुँजी कर्जा निर्देशिका २०७८ खारेजको माग
उद्योग व्यवसायमा असहजता ल्याउने भन्दै चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने भनिएको छ ।

११. आयकर सीमा वृद्धि
व्यक्तिगत तर्फ आयकर सीमा १० लाख र पारिवारिक तर्फ १२ लाख पु¥याउनुपर्ने माग गरिएको छ ।

१२. भन्सार मूल्यांकन सुधार
विश्व व्यापार संगठन अनुसार कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्य खारेज गर्नुपर्ने चेम्बरको सुझाव छ ।

१३. कृषि क्षेत्रलाई उच्च प्राथमिकता
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै बाँझो जमिन लिजमा लिएर उत्पादनमा लगाउनुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने सुझाव दिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको आवाजलाई बजेट निर्माण प्रक्रियामा समावेश गर्न सरकारसँग आग्रह गर्दै, आर्थिक समृद्धिका लागि नीति तथा कार्यक्रममा निजी क्षेत्रको भूमिका सशक्त बनाउनुपर्ने जनाएको छ ।(साभार)

ShareTweet

Discussion about this post

ताजा

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

बैशाख २०, २०८३
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

1 day ago
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 days ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

1 week ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions