अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

अर्थशास्त्री by अर्थशास्त्री
कार्तिक २६, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

काठमाण्डौं । सरकारले आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै ५ अर्ब रुपैयाँ बजेट दिने भएको छ ।

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले आयोगले मागेको बजेटमा घटाएर ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको हो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आयोगलाई पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको छ । आयोग र अर्थका अधिकारीहरुबीच भएको छलफलपछि माग भएको ७ अर्ब ८१ करोडको बजेटलाई घटाएर ४ अर्ब ९६ करोडमा झारिएको छ, । आगामी दिनमा आवश्यकता परे आयोगलाई थप बजेट दिन सकिनेछ । तर, अहिलेलाई आयोगको बजेट ४ अर्ब ९६ करोड मात्र रहेको जनाइएको छ ।

आयोगका अनुसार संविधानसभा निर्वाचनपछि २०७४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ५ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको थियो । यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो । ती निर्वाचनमा आयोगले बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग लिएको थियो ।

चालु बजेटमा निर्वाचनका लागि रकम विनियोजन गरिएको छैन । अहिले अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको स्रोत जुटाउन बाह्य सहयोग नलिने भन्दै चालु बजेटका टुक्रे आयोजनामा विनियोजित बजेट कटौती गरेका छन् ।

आयोगका अनुसार निर्वाचनका लागि करिब ६६ प्रकारका सामग्रीको आवश्यकता पर्छ । त्यसमा मतदाता नामावली, मतपत्र, मतपेटिका (बिर्कोसमेत), मतपेटिकाको सुरक्षण सिल, स्टयाम्प प्याड, स्टयाम्प प्याड मसी, स्वस्तिक छाप र नमेटिने मसीलगायतका सामग्री पर्छन् । यस्ता सामग्रीलाई आयोगले संवेदनशील सामग्रीको सूचीमा राखेको छ ।

त्यसैगरी मतपेटिका स्टिकर, कलम, मैनबत्ती, लाहा, खामदेखि धागो, सियो, कार्डदेखि टेबुल, घडीसम्मका सामग्रीलाई कम संवदेनशील निर्वाचन सामग्रीभित्र राखिएको छ । आयोगले मटपेटिका, सुरक्षण सिल, कैंची, क्यालकुलेटर, म्याटसहित १६ वटालाई पुनः प्रयोग हुने र अन्यलाई पुनः प्रयोग गर्न सक्ने भनेको छ ।

आयोगका अनुसार चुनावमा आवश्यक पर्ने यस्ता सामग्रीमध्ये केही आयोगमा मौज्दात रहेका छन् । आगामी निर्वाचनमा यिनैलाई प्रयोग गरिनेछ । यसका कारण पनि केही बजेट कटौती हुन सकेको हो ।

ShareTweet

Discussion about this post

ताजा

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

4 hours ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

6 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions